काठमाडौं। पचासको दशकमा एक पछि अर्को हिट ब्लक बस्टर फिल्म खेल्ने नायिका अनिता केसीको करियरकै फस्ट फिल्म द कमाण्डोले देश वोकेको छ। नेपालको सिमाना पूर्वमा टिस्टा तथा पश्चिममा किल्लाकागंडासम्म फैलिएको सिमानाको आवाज उठाएको फिल्म द कमाण्डो नै हो।

विसं.२०५५ सालतिर निर्माण भएको चलचित्र द कमाण्डो नायिका अनिता केसीको फस्ट फिल्म हो। फस्ट फिल्मले नै देश वोकेको यथार्थ कथा भएको हुंदा तेइस बर्षपछि सम्झिदा पनि अत्यन्त गर्ब लाग्ने गरेको प्रतिक्रिया नायिका अनिता केसीको रहेको छ। टाइकाण्डो खेलका इन्टरनेशनल ब्लांक बेल्ट खेलाडी राजकुमार राई नायक भएको फिल्म दि कमाण्डोले देश तथा विदेशमा तहल्का नै मच्चाएको थियो।

जेबी राईको निर्देशन रहेको फिल्म द कमाण्डो फिल्म अनिता केसीको लागि अविस्मरणीय फिल्म नै वनेको छ। त्यस्तै, अर्को फिल्म छहारी पनि बुलन्द रोल भएको फिल्मको रुपमा अनिता केसीले लिएकी छन्। फिल्म छहारीमा सासु पीडित जेठानी नायिका मेलिना मानन्धरलाई सहयोग गरेर क्रान्तिकारी कदम चाल्ने नायिकाको रोलमा अनिता केसी रहेकी छन्। यस चलचित्रको नायक धीरेन शाक्य हुन्।

जसको कारण द कमाण्डो पछि अनिता केसीको लागि मनपर्ने फिल्म छहारी बनेको छ। हुन त लामो भागको टेलिसिरियल काली गण्डकीको सेरोफेरो, सेतो बाघजस्ता दर्जनौ फिल्महरु पनि अनिता केसीको रहेको छ। पछिल्लो फिल्म सतरञ्जमा पनि अनिता केसीको बोल्ड क्यारेक्टर रोल रहेको छ।

त्यस्तै नयाँ फिल्म जातमा त युगान्तकारी अभिनय नै अनिता केसीले गरेकी छन्। सवै फिल्मका भूमिकामा फरक फरक स्वादमा अभिनय गरेतापनि द कमाण्डो र छहारी अनिता केसीको फिल्मी करियरको टर्निङ प्वाइन्ट फिल्म बन्न पुगेका छन्।
प्रकाशन मिति–२०७८ साल बैशाख १७ गते शुक्रवार ।