कीर्तिपुर । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) र श्रीसत्य साई सेवा संगठन नेपालको संयुक्त आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

कीर्तिपुर नगरपालिका वडा नंवर १ कार्यालय प्राङ्गणमा आकस्मिक रक्तदान कार्यक्रम भएको हो। भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा सम्पन्न सो कार्यक्रममा जम्मा ५२ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेको थिए।

हालको अवस्थामा सडक दुर्घट्ना तथा ठूला ठूला शल्यकृया नभएतापनि नियमित उपचारको लागि रगत आवश्यक पर्ने विरामीहरूलाई सहजरूपमा रगत उपलब्ध गर्न ब्लोदानले विभिन्न संघसंस्थासंग सहकार्य गर्दै यसरी आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
प्रकाशन मिति–२०७७ साल भाद्र १६ गते मंगलवार ।