काठमाडौं। ब्वाइफ्रेण्ड हुनुको फाइदा र नहुनुको बेफाइदाको अर्थ या अनर्थ जेसुकै कथा वोकेतापनि चलचित्र ब्वाइफ्रेण्ड भने रिलिज हुने निश्चित भएको छ।

बुढाथोकी फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ब्वाइफ्रेण्डको रिलिज डेट यही फाल्गुण १० गते तोकिएको यस चलचित्रका निर्माण सल्लाहकार सानुकाजी श्रेष्ठले भिजन संसार डटकमलाई दिएका छन्। अग्रज पत्रकार समेत रहेका निर्माण सल्लाहकार श्रेष्ठका अनुसार यस चलचित्रका निर्माता कृष्ण खनाल हुन्।

चलचित्रमा सरोज खनाल, मञ्जु श्रेष्ठ, मोहन निरौला, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर के.सी. लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्देशन अग्रज निर्देशक मदन घिमिरेले गरेका हुन्।

प्रकाशन मिति–२०७५ साल माघ २२ गते मंगलवार ।