boy-friend-4

काठमाडौ। नेपाली कथानक चलचित्र ‘ब्वायफ्रेण्ड’को छायाँकन संपन्न भएको छ। राजधानीको छायाँकन सकाएर चितवन पुगेको युनिट त्यहाँको सौराहा लगायतका रमणिय स्थानहरुमा छायाँकन गरी यसै साता राजधानी काठमाडौ फर्केको हो।

boy-friend-2बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा प्रस्तुतकर्ता सुर्य बुढाथोकी, निर्माता कृष्ण खनाल रहेको यस चलचित्रमा निर्माण सहयोगीमा प्रविण बिष्ट, केशव घिमिरे रहेका छन् । चलचित्रमा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिलवाल, सोनाम थापा, श्यामकुमार मिश्र, पूजा थापा, शोभा भण्डारी, कृष्ण खनाल, शुक बहादुर बम्जन, पवन खनाल, लगायतका कलाकारहरुको अभिनय रहेको छ।

boy-friend-1

अतिथि कलाकारमा दीलिप ओखेडा, जानु अर्याल, प्रविण थापा रहेका छन् । युवा बर्गमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउनेमात्र नभएर अभिभावकले आफ्ना छोराछोरी प्रति बेवास्ता गर्दाको परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रले आफ्नो कथा बनाएको निर्देशक मदन घिमिरेले बताएका छन् । कर्मसियल चलचित्र निर्देशनमा अलग्गै पहिचान बनाएका घिमिरेले यो चलचित्र पनि कर्मसियल नै हुने जानकारी दिए।

boy-friend-3

मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा टंक बुढाथोकी, सोनाम शेर्पा, भोजपुरी गीतका संगीतकार केके सिंह, छायाँकन कृष्ण श्रेष्ठ, शंकर महर्जनको द्धन्द्ध र पुनम राई, राजेन्द्रकमल राईको नृत्य रहेको छ।
प्रकाशन मिति–२०७३ साल पुस २४ गते आइतवार ।