Bisketa Jatra 1काठमाडौ। आठ रात नौ दिनसम्म धुमधामसंग मनाइने भक्तपुरको लिच्छवीकालिन विस्केट जात्रा आज चैत्र २७ गते शनिवारवाट शुरु भएको छ। विस्केट जात्राको आज शनिवार पहिलो दिन भैरबको रथ तानेर प्रारम्भ भएको छ।

जात्रा अवधिभर प्रहरी प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । जात्राका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सादा पोसाकका प्रहरी गरी दुई हजार प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक किरण बज्राचार्यले जानकारी दिएका छन् । रथ तान्ने क्रममा झडप हुने, ढुङ्गा हानाहान हुने भएकाले यस्तो हुन नदिन सुरक्षाकर्मी तैनाथ गरिएको र चोकचोकमा सिसी क्यामरासमेत जडान गरिएको छ।

Bisketa Jatra 3

विक्रम संवत्अनुसार सौरमासको आधारमा लिच्छवीकालभन्दा अघिदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने गरिन्छ।  यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरवको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र र तल्लो क्षेत्रका बासिन्दाले आआफ्नो क्षेत्रमा लैजाने तान्ने परम्परा छ ।

भूकम्पले रथ तान्ने रुटका घरमा टेको लगाइएकाले दुर्घटना नहोस् भनेर यसवर्ष रथ चलाउने रुट छोट्याइएको छ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भक्तपुरको भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेको छ । त्यसैले पनि यो जात्रालाई शत्रुहन्त जात्रा पनि भन्ने गरिन्छ ।
प्रकाशन मिति–२०७२ साल चैत्र २७ गते शनिवार ।