काठमाडौ)। भक्तपुरको क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान भैरहेको छ।

भक्तपुर प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी १० वडामा कूल २२ मतदानस्थलका ५४ मतदान केन्द्रमा मतदान भैरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कुल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको छ। नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्रसहित कुल १९ उम्मेदवार चुनावी मैदानमा छन्।
प्रकाशन मिति–२०७६ साल मंसीर १४ गते शनिवार ।