काठमाडौं। व्यापक प्रतिस्पर्धाको बाबजुद भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ।

नेपाली कांग्रेस उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मत सहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन्।

भडेलका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन्। नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन्।
प्रकाशन मिति–२०७६ साल मंसीर १५ गते आइतवार ।