–केके मानन्धर
मध्यपुर थिमी । भक्तपुर चेम्बर अफ कमर्शमा न्हुछेरत्न मानन्धरको नेतृत्वमा ९ सदस्यीय समिति गठन भएको छ। मध्यपुर थिमिस्थित यचू पार्टी भेन्यूमा आयोजित पदस्थापना तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवगठित समितिका पदाधिकारीहरुको नामावली सार्वजनिक गरिएको हो।

नयाँ समितिमा कविदास धौबजि श्रेष्ठ उपाध्यक्ष, सुरेन्द्र श्रेष्ठ सचिव, जगतबहादुर श्रेष्ठ कोषाध्यक्ष तथा सदस्यहरुमा चन्द्रभक्त श्रेष्ठ, अष्टबज्र बज्राचार्य, लक्ष्मीबहादुर श्रेष्ठ, रामगोपाल सुवाल र राध्ये सैंजु छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका कार्यबहाक अध्यक्ष राजेन्द्र मल्लले ठुला उद्योगदेखि रैथाने परम्परागत पेशा व्यवसाय गर्नेहरुलाई चेम्बरले सघाउने बताए ।

भक्तपुरको हस्तकला, कृषि, घरेलु उद्योग लगायतबाट उत्पादन हुने उपजलाई राष्टिय तथा तथा अन्तराष्टिय बजारीकरण गर्नुपर्ने बताउँदै नवगठित भक्तपुर चेम्बरलाई यसतर्फ ध्यान केन्द्रित गर्न अनुरोध गरे। त्यस्तै, भक्तपुर चेम्बर अफ कमर्शमा नयाँ नेतृत्व लिएका अध्यक्ष न्हुछेरत्न मानन्धरले आफ्नो कार्यकालमा तीन चरणमा भक्तपुरको औद्योगिक विकास, व्यवसाय प्रबद्र्धन तथा व्यवसायीको क्षमता विकास गराउने प्रतिबद्धता जनाए।

व्यवसायीले आआफ्नो व्यवसाय मात्र गरेर नपुग्ने बताउँदै कर तथा हिसाबकिताबको ज्ञान अनिवार्य हुनुपर्ने बताए। कार्यक्रममा भक्तपुरका चारै वटा नगरपालिका प्रतिनिधि, बस्तुगत तथा पेशागत संघसंस्था, सुरक्षा संयन्त्र, पत्रकार तथा उद्योगी व्यवसायीहरुको सहभागिता थियो।


प्रकाशन मिति–२०७६ साल बैशाख २८ गते शनिवार ।