Buddha Krishna Bag Shrestha.
विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाई बाँस श्रेष्ठले श्रीमती र भाउजू बिरामी भएका कारण यसवर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि संकटमा परेको यो जात्रालाई निरन्तरता दिने प्रतिबद्धता बोडेकै ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गरेका छन्।

भक्तपुर–बोडे । भक्तपुर बोडेको विश्वप्रसिद्ध जिब्रो छेड्ने जात्राले निरन्तरता पाउने भएको छ। विगत आठ वर्षदेखि जिब्रो छेड्दै आएका ३८ वर्षका जुजुभाई बाँस श्रेष्ठले श्रीमती र भाउजू बिरामी भएका कारण यसवर्ष जिब्रो नछेड्ने घोषणा गरेपछि संकटमा परेको यो जात्रालाई निरन्तरता दिने प्रतिबद्धता बोडेकै ४५ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेड्ने घोषणा गरेका छन्।

बुधवार ठिमी स्थित कोरिया–नेपाल मैत्री अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा सोही अस्पतालका एम्बुलेन्स चालकसमेत रहेका श्रेष्ठले आफ्नो ठाउँको परम्परा लोप हुनबाट जोगाउन आफू जिब्रो छेड्न तयार भएको बताएका छन्। एम्बुलेन्स चालक सङ्घ भक्तपुरका अध्यक्षसमेत रहेका बुद्धकृष्णले यसअघि २०६२ देखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेड्ेका थिए।

Buddha Krishna Bag Shrestha. (Memorable File Photo).
Buddha Krishna Bag Shrestha. (Memorable File Photo).

जुजुभाईले जिब्रो नछेड्ने बताएपछि मध्यपुर थिमि नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवाली, कोरिया–नेपालमैत्री अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशन, अस्पतालका प्रशासन प्रमुख कैशाल दासले जात्राका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताउँदै परम्परा नरोक्न आग्रह गरेपछि आफू जिब्रो छेड्न तयार भएको पनि श्रेष्ठले भनेका छन्।

बोडेको विश्वप्रसिद्ध जिब्रो छेड्ने जात्रा हरेक बर्षको बैशाख २ गते बोडेमा परापूर्वकालदेखि चल्दै आएको पाइन्छ।
प्रकाशन मिति –२०७३ साल चैत्र १६ गते बुधवार ।