ललितपुर । ज्येष्ठ नागरिक भनेको भगवान सरह हो । उमेर पुगेका बा–आमा ज्येष्ठ नागरिकको सम्मान तथा इज्जत गर्नु भनेको भगवानको पूजा गर्नु बराबर हो । यो परम्परालाई ललितपुर महानगरपालिका वडा नंबर ५ ले विगत चार बर्षदेखि निरन्तर रुपमा गर्दैआएको छ।

वडावासी ज्येष्ठ नागरिका बा–आमाहरुलाई विभिन्न मठ–मन्दिर तिर्थस्थलको भ्रमण गराउनुको अलावा उहाँहरुको सम्मान गर्ने कार्य भएको छ। त्यसको अलावा पौष्टिक आहार उपहार स्वरुप वितरण गर्ने कार्य पनि भएको छ। यस कार्यलाई यो बर्ष पनि ललितपुर महानगरपालिका वडा नंबर ५ ले आदरणिय ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्य भएको छ।

आइतवार विहान ८ बजे नै ललितपुरको विकट लेले स्थित मनकामना मन्दिरको दर्शन गराएर महालक्ष्मी पार्टी भेन्युमा ल्याएर सम्मान गर्नुको अलावा मिठो मसिनो खुवाउनुको साथै पौष्टिक आहार वितरण गर्ने कार्य ललितपुर महानगरपालिकाका लोकप्रिय तथा जनप्रिय वडा अध्यक्ष विकासमान श्रेष्ठको अगुवाइमा भएको छ। करिब २ सय जना बा–आमा ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्य भएको छ।

ललितपुर महानगरपालिका वडा नंबर ५ की महिला वडा सदस्य शोभादेवी प्रधानका अनुसार वडा नंबर ५ मा करिब ४ सय ज्येष्ठ नागरिकहरु रहेका छन्। ती मध्ये आउन सक्ने २ सयजनालाई आइतवार सम्मान गरिएको छ । बाँकीलाई घर–घरमा पुगेर सम्मान गर्ने योजना रहेको अर्की वडा सदस्य पूनम निरौलाले बताएकी छन्। वडा सदस्य अशोक कुमार श्रेष्ठव्दारा संचालित कार्यक्रममा वडा सदस्य मञ्जु रिजाल लगायतको कार्यक्रममा सक्रियता रहेको थियो ।

प्रकाशन मिति–२०७८ साल पुस १८ गते आइतवार ।