ललितपुर । पाटनको प्राचिन मल्ल दरवारमा ७५ बर्षका कलाकार सुशील कुमार ढुंगेल र ३८ बर्षका अर्का कलाकार विकास महर्जनका फरक कोण र सोचका फरक चित्रकला प्रदर्शनी भएको छ।

तीनदिने यी दुई फरक कलाकारका द सिम्प्लिसिटी तथा द ब्लोच नाम दिएको चित्रकला प्रदर्शनी भएको हो। जसको उदघाटन विहीवार काठमाडौं मेडिकल कलेजका बाल विशेषज्ञ तथा पूर्व प्रिन्सिपल प्रा.डा.हेमाङ्ग दीक्षितवाट भएको थियो। समापन शनिवार भएको थियो।

Sushil Kumar Dhungel in His own painting art.

निजामती सेवाको ३० बर्षे जागिरे जीवनवाट रिटायर्ड बनेयता मल्लराजाका सन्तान सिद्धहस्त कलाकार अजय देसारसंग तीनबर्षअघि मात्र चित्रकला सिकेर चित्रकलाकारिता गर्दैआएका सुशील कुमार ढुंगेलले १८ वटा चित्रमार्फत प्रकृतिलाई क्यानभासमा कोर्ने प्रयास गरेका छन् ।

आफ्ना चित्रहरुमार्फत उनले हिमाली धरातल र त्यहाँको प्राकृतिक तथा सामाजिक परिवेशलाई उतार्ने प्रयास गरेका छन् । त्यस्तै गरेर महाभूकम्पको त्रास पनि भक्तपुर दरबार स्क्वायरको एक चित्रवाट दिने प्रयास भएको छ।

त्यसैगरी चित्रकार विकास महर्जनले विभिन्न पशुपन्छीहरुलाई चित्रको विषयवस्तु बनाएका छन् । महर्जन आफै प्रभुको भक्त भएको कारण आफ्नो चित्रमा प्रभु यशुलाई पनि चित्रित गर्ने कार्य भएको छ। महर्जन पनि सिद्धहस्त कलाकार अजय देसारव्दारा नै दीक्षित कलाकार हुन।

Artist Bikash Maharjan with his own Art.

योङ पिकासो आर्ट कम्युनिटी स्कुलको आयोजनामा भएको ढुंगेल र महर्जनको चित्रकला प्रदर्शनका साँघु सिद्धहस्त कलाकार अजय देसार नै बनेका छन्। ढुंगेलका चित्रमा भगवान र महर्जनका चित्रमा प्रभु मिश्रित छन्।

#Mr. Ajay Deshar_A Reknown Well Artist of Nepal.

यी भगवान र प्रभु दुवैलाई मिक्सअप गरेर नविनतम् चित्रकला प्रदर्शनीको आयोजना गरेर अनुपम उदाहरण पेश गर्ने कार्य कलाकार देसारवाट भएको छ। भगवान र प्रभुलाई जोडिएको यो चित्रकला प्रदर्शनीको लगभग ३ हजारले अवलोकन गरेको बताइएको छ।


प्रकाशन मिति–२०७६ साल चैत्र १ गते शनिवार ।