काठमाडौं। आज शुक्रवार हरिबोधनी एकादशी पर्व परेको छ। भगवान् विष्णुको पूजा, आराधना, भजन कीर्तन र व्रत बसी तुलसीको बिहे गरी मुलुकभर हरिबोधनी एकादशी मनाउने कार्य भएको छ।

गत असार शुक्ल एकादशीमा क्षीर समुद्रमा शयन गरेका भगवान् विष्णु भाद्र शुक्ल एकादशीमा कोल्टो फेरेर यस दिन बिऊँझन्छन् भन्ने हिन्दुहरूको मान्यता छ।

भगवान् विष्णु जागा भएको यस अवसरमा काठमाडौंमा स्वयम्भू पछाडिको इचंगु, गोदावरी जाने बाटोमा पर्ने विशंखु, फर्पिङको शेषनारायण र चाँगुस्थित चाँगुनारायण, बूढानिलकण्ठमा श्रद्धालु भक्तजनहरू पुगेर पूजाअर्चना गर्ने गर्छन्।
प्रकाशन मिति–२०७६ साल कात्तिक २२ गते शुक्रवार ।