काठमाडौं। भजन गीतमा भगवान प्रकट भएपछि भक्त मक्खै बन्नु त स्वभाविक हो। यस्तै घटना श्री भृङ्गारेश्वोर महादेव बोलको भजन गीतको भिडियोमा महादेव र पार्वती नै प्रकट भएको हो। जसवाट भक्त बनेका गायक रामभक्त महर्जन तीन छक्क अठार दंग खाएका छन्।

महादेव बनेका नेपालभाषाका सुपरस्टार हिरो रुपेन श्रेष्ठ र पार्वती बनेकी हिरोइन शोभा महर्जनले भिडियोमा गजबै गरेको जानकारी मेकअप आर्टिष्ट जमुना ज्यों श्रेष्ठले भनेकी छन्। सुवर्णमान जोशीको शव्द तथा कृष्णभक्त महर्जनको भक्ति संगीत रहेको यस गीतको म्युजिक एरेञ्ज हरिशरण सायमीले गरेका हुन्। क्यामेरा तथा सम्पादन सोहन मानन्धरको रहेको छ।

यस गजबको भजन गीतको भिडियोको निर्देशन ख्यातिप्राप्त नृत्य निर्देशक भुवन श्रेष्ठले गरेका हुन्। यो गजबको भजन गीत चाँडै रिलिज हुने जानकारी सुपरस्टार हिरो रुपेन श्रेष्ठले भिजन संसार डटकमलाई जानकारी दिएका छन्।
प्रकाशन मिति–२०७६ साल साउन ३१ गते शुक्रवार ।