काठमाडौं। नेपालका ख्यातिप्राप्त ग्ल्यामर फोटोग्राफर राजभाइ सुवालको क्रियटिभ डी.प्राइभेट लिमिटेडको आयोजनामा भव्य फोटोकिपा एक्स्पो भएको छ। विशेषत ब्रोडकास्ट तथा प्रोफेशनल फोटोग्राफीको एक्सपोको रुपमा ललितपुरको होटल हिमालयनमा एक्स्पोको आयोजना गरिएको हो।

नेपालका व्यावसायिक फोटोग्राफरहरुलाई फोटोग्राफीका नयाँ नयाँ अत्याधुनिक तकनिकीसंग फ्रेण्डली बनाउन र उनीहरुको क्षमता अभिबृद्धि गर्न फोटोकिपा एक्स्पोको आयोजना गरिएको जानकारी आयोजक फोटोग्राफर सुवालले भिजन संसार डटकमलाई दिएका छन्। नेपालभरका करिब २ हजार फोटोग्राफरहरुले एक्स्पोको भिजिट गरेको आयोजकको दावी रहेको छ।

एक्स्पोमा फोटोग्राफीका विश्व प्रसिद्ध ४५ कंपनीको सहभागिता रहेको थियो। १ सय भन्दा फोटोग्राफरहरुले फेसन फोटोग्राफी वर्कसपमा भाग लिएका थिए। जसको संचालन भारतका फेसन फोटोग्राफर विपिन गौरले गरेका थिए।

एक्स्पोको अफिसियली लन्चिङ मिस वल्र्ड नेपाल २०१८ श्रृंखला खतिवडा, मिस वल्र्ड नेपाल २०१७ निकिता चण्डक, मिस इन्टरनेशनल नेपाल रोनाल अमात्य, फोटोक्युप इण्डिया लिमिटेडका जनरल म्यानेजर महेश नायर र आयोजक क्रियशन डी. प्राइभेट लिमिटेडका म्यानेजिङ डाइरेक्टर राजभाइ सुवालवाट भएको थियो।

कार्यक्रममा नेपालका क्यामेरा कलेक्टर अग्रज व्यक्तित्व मदनबाबु बज्राचार्यलाई विशेष सम्मान गरिएको थियो।


प्रकाशन मिति–२०७५ साल चैत्र ९ गते शनिवार ।