काठमाडौं। दशेंपछिको महान पर्व तिहारको अन्तिम दिन अर्थात् कात्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका पर्व मनाउने गरिन्छ। यो बर्षको तिहारको अन्तिम दिनको भाइटीका पनि शनिवार खुशीयालीका साथ मनाउने कार्य भएको छ।

देश तथा विदेशमा रहेका नेपालीहरुले भाइटीकालाई दाजु–बहिनी तथा दिदी–भाइको अतुलनीय माया–स्नेहरुपी भातृप्रेमको रुपमा मनाउने कार्य भएको हो। आजको दिन जतिसुकै टाढा भएका दाजुबहिनी तथा दिदीभाइको गौरबमय भेटघाट तथा स्नेह साटासाटको मधुर मिलन भएको छ।

भाइटीकाको लागि आउन नसकेका दाजुबहिनी तथा दिदीभाइहरुले भाइबर, जुम, मेसेन्जर लगायतका सामाजिक सञ्जाल मार्फत पनि आजको भाइटीका दिन स्नेह साटासाट गर्ने कार्य भएको छ। कति धेरैले फोनवाट विहानै हेल्लो गरेर सम्झेका छन्। यो नेपालीहरुको भातृप्रेमको अतुलनीय संस्कारका रुपमा लिइन्छ।

दाजबहिनी र दिदीभाइ नभएकाहरु काठमाडौंको रानीपोखरी स्थित बालगोपाल मन्दिर पुगेर भाइटीका गर्नेहरुको कुनै कमी यो बर्ष पनि भएन ।


प्रकाशन मिति–२०७८ साल कात्तिक २० गते शनिवार ।