काठमाडौं। पचासको दशकदेखि नेपाली चलचित्र उद्योगमा निरन्तर लाग्दैआएका कर्मशील चलचित्रकर्मी सरोज शर्मा यतिखेर फिजियोथेरापिष्टको रुपमा पनि कार्यरत छन्। बरिष्ठ फिजियोथेरापिष्ट सुनिता भट्टराईव्दारा प्रशिक्षित चलचित्रकर्मी शर्मा फुर्सदमा हिजोआज विभिन्न सिरियलहरुमा अभिनय गर्नमा व्यस्त छन्।

 

 

नातामा भाउजु पर्ने बरिष्ठ फिजियोथेरापिष्ट सुनिता भट्टराईकै सहयोगी थेरापिष्टको रुपमा गोठाटारको क्लिनिक र आफ्नै पुरानो बानेश्वर स्थित क्लिनिकमा कार्यरत शर्माको जोडीको रुपमा चलचित्रको पर्दामा बरिष्ठ फिजियोथेरापिष्ट भट्टराई देखा पर्न थालेकी छन्।

यो एक बर्षमा १३ वटा सिरियलमा अभिनय गरिसकेका शर्मा र भट्टराईको जोडीले “हन कसो अरे”  नामक सिरियलमा विवाह गरेर बेहुला–बेहुली नै बनेका छन्। भाउजु सुनिता भट्टराईलाई बेहुली बनाउनु पर्दा देवरबाबु सरोज शर्मालाई अप्ठेरो लाग्नु स्वभाविक भएतापनि फिल्मी अभिनय भएको कारण आफूहरुले केवल अभिनयको रुपमा मात्र लिएको बताएका छन्।

त्यस्तै यो जोडीले ६ वटा सिरियलमा डाक्टरकै भूमिका पनि गरेका छन्। ठूलो पर्दाका चलचित्रहरु चंखे–चमेली, रंग नम्बर, बिबाहमा पनि दमदार भूमिकामा अभिनय गर्न लागेको दुवैले खुलासा गरेका छन्। अभिनय दुवैको फिजियोथेरापी कर्मपछिको फुर्सदको कर्मको रुपमा दुवैले लिएका छन्।

प्रकाशन मिति–२०७९ साल फागुन २२ गते सोमवार ।