काठमाडौ। भारतका ख्यातिप्राप्त विश्वप्रसिद्ध अभिनेता सलमान खान बलिउड क्षेत्रका सबैभन्दा महँगा तथा धनी कलाकारको सूचीमा परेका छन्। बलिउडका सन् २०१७ का महँगा कलाकारहरूबारे फोब्र्स म्यागजिनले गरेको एक अनुसन्धानमा अभिनेता सलमान खान अत्यन्त महंगा कलाकारको सूचीमा परेका हुन्।

सलमानले भारतीय रुपैयामा दुई सय ३२ करोड आर्जन गरेको फोब्र्स म्यागजिनको तथ्यांकले सार्वजनिक गरेको छ। सन् २०१७ मा सबैभन्दा बढी आर्जन गर्ने दोस्रो अभिनेताको सूचीमा परेका छन् शाहरुख खान। साहरुखले १ सय ७० करोड भारतीय रकम आर्जन गरी उक्त स्थान सुरक्षित बनाएका हुन्।

सर्वाधिक कमाई गर्ने तेस्रो व्यक्तिको सूचीमा परेका छन् भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली। उनी सय करोड भारतीय रुपैया आर्जन गर्न सफल भएका छन्। सलमान खानको टाइगर जिन्दा है हाल नेपाललगायत विश्वका विभिन्न सिनेमा हलहरूमा प्रदर्शन भइरहेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार उनको उक्त चलचित्रले पहिलो दिनमै ३३.७५ करोड कमाइ गर्न सफलता प्राप्त गरेको छ।

प्रकाशन मिति–२०७४ साल पुष ११ गते मंगलवार ।