काठमाडौं। भारतका लागि नेपालको राजदूतमा निलाम्बर आचार्यको नाम सिफारिस भएको छ। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूतमा संविधानविद् निलाम्बर आचार्यको नाम सिफारिस गरेको हो।

यसअघि निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेतीको नाम सिफारिस गरेको थियो। आइतबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उप्रेतीको नाम हटाएर आचार्यको नाम सिफारिस गरेको हो।

यस अघि भारतका लागि नेपाली राजदूत रहेका दीपकुमार उपाध्याय थिए। उनले गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धा गर्न राजीनामा दिएपछि राजदूत पद रिक्त बनेको थियो।

त्यस्तै सरकारले मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डेको नाम सिफारिस गरेको छ।
प्रकाशन मिति–२०७५ साल कात्तिक २५ गते आइतवार ।