काठमाडौ। भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई नेपाल सरकारले फिर्ता बोलाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालको सरकार परिवर्तन गर्न भारतको पक्षपोषक बन्दै नांगोरुपमा प्रस्तुत भएर सरकारलाई असहयोग गरेको तथा नेपालका लागि भारतीय राजदूत रञ्जित रेकासाथ नेपाल सरकारलाई कुनै जानकारी नै नदिइकन मधेसका जिल्ला भ्रमण गरेर सरकारविरोधी गतिविधि बढाएको आरोप राजदूत उपाध्यायलाई लगाइएको छ।

Deep Kumar Upadhyay

पूर्ववति नेपाली कांग्रेसको सुशील कोइराला सरकारले वि.सं. २०७१ साल माघ महिनामा भारतका लागि राजदूत नियुक्त गरिएका उपाध्याय कांग्रेसी नेता समेत रहेका छन्। उपाध्याय कांग्रेसी कोटावाट दुई पटक सांसदमा निर्वाचित बनेर अर्थ राज्यमन्त्री तथा पर्यटन मन्त्री बनिसकेका छन्।

सरकारको मान्छे भएतापनि बढी कांग्रेसी तथा भारतपोषक बनेर नेपाल सरकारलाई बारम्बार असहयोग गर्ने र गराउने कार्य गरेकोले बाँध्य बनेर उपाध्यायलाई भारतको राजदूतवाट फिर्ता बोलाएको सरकारी स्रोतले भनेको छ।
प्रकाशन मिति–२०७३ साल बैशाख २४ गते शुक्रवार ।