काठमाडौ । भारतको उत्तर प्रदेश राज्यको आग्राको कोठीमा बेचिन पुगेका ५ नेपाली महिलाको समाजसेवी बालकृष्ण पाण्डे र माइती इन्डियाको विशेष पहलमा उद्धार गरिएको छ।

नेपालको सिन्धुपाल्चोक, नुवाकोटबाट दलालहरुबाट बिक्री भएका सीता, गीता, कान्छी, साइली, कल्पना (नाम परिवर्तन) हरुलाई भारतको आग्रा उत्तर प्रदेशको कासमीरी बजार अन्तर्गत प्रिया शर्माले सञ्चालन गरेको कोठी (बेश्यालय)बाट उद्धार गरिएको थियो।

उनीहरुलाई अहिले माइती इन्डियाको संरक्षणमा राखिएको र आग्रा अदालतको सम्पूर्ण प्रक्रिया पुरा गरी १५ दिनभित्रमा आफन्तको जिम्मा लगाइने बताइएको छ।
प्रकाशन मिति–२०७५ साल माघ १९ गते शनिवार ।