काठमाडौ। भारतको उत्तर प्रदेशमा बुधबार साँझ आएको हावाहुरीले ठूलो जनधनको क्षति भएको छ। त्यहाँका अधिकारीहरुका अनुसार हावाहुरीका कारण विभिन्न क्षेत्रमा गरी १५ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्।

भारतीय समाचार एजेन्सीहरुका अनुसार हावाहुरीले आगरास्थित विश्वप्रसिद्ध ताजमहलमा समेत क्षति पुगेको छ। ताजमहलको एउटा मिनार ढलेर क्षति भएको छ। सोही ताजमहल कै अन्य केही भौतिक संरचनामा समेत क्षति पुगेको समाचारमा उल्लेख छ। तर त्यहाँ कुनै मानवीय क्षति भने नभएको समाचारमा जनाइएको छ।

१ सय ३० किलोमिटर प्रतिघण्टाको रफ्तारमा चलेको हुरीले कयौं स्थानमा रुख ढालेको छ। करिब आधा घण्टासम्म भारी वर्षाका साथ चलेको हुरी चलेको थियो।


(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल चैत्र २९ गते विहीवार ।