काठमाडौ। भारतको पश्चिम बंगाल राज्यमा पर्ने कोलकाता र आसपासमा आएको आँधीमा परेर कम्तिमा ११ जनाको मृत्यु भएको छ।

मंगलबार साँझ आएको तिव्र गतिको हावाहुरीमा परेर उनीहरुको मृत्यु भएको हो। कोलकातामा मात्र चार जनाको मृत्यु भएको त्यहाँको आपद प्रबन्धन नियन्त्रण कक्षले जनाएको छ।

हावडा जिल्लामा मात्र पाँच जना तथा बाँकुरा र हुगलीमा एक/एक जनाको मृत्यु भएको छ । भारतीय मौसम विभागका अनुसार त्यहाँ प्रतिघण्टा ८५ देखि एक सय किलोमिटरको रफ्तारमा आँधी आएको थियो।

१० मिनेटको बीचमा दुई पटक आएको तिव्र आँधीका कारण धेरै मानिस प्रभावित भएका थिए। हावाहुरीका कारण सडक आसपासका सयौं रुख ढलेका छन्। यसले यातायातसमेत प्रभावित भएको छ।

कोलकातामा विगत ७ दशकपछि पहिलो पटक तीव्रगतिको तुफान आएको त्यहांका अधिकारीहरुले जनाएका छन् ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल बैशाख ५ गते बुधवार ।