Udit Narayan Jhaकाठमाडौ। भारतको ६७ औं गणतन्त्र दिवसको अवसर पारेर नेपालवाट भारतमा गएर चम्केका गायक उदितनारायण झालाई भारतको उच्चसम्मानित पद्मभूषण पुरस्कार प्रदान गरिएको छ।

भारत सरकारलाई दिइने पद्मभूषण पुरस्कार त्यहाँको तेश्रो सर्वोच्च नागरिक सम्मान हो। नेपालको सप्तरी भारदहमा जन्मेका गायक उदितनारायण झा लामो समयदेखि बलिउडमा गायनमा क्रियाशील बन्दैआएका छन्।

नेपाली नागरिकताका सवालमा तथा विहेवारी लगायत विभिन्न सवालमा बारम्बार नेपालको मामिलामा विवादमा पर्देआएका उदितनारायणले यही पद्मभूषण पुरस्कारका लागि यदाकदा आफूलाई नेपाली नागरिक नभइकन भारतीय नागरिक भएको अभिव्यक्ति दिदैआएको पाइन्छ। नेपाली नागरिकता तथा पासपोर्ट प्रयोग गरेर आफूलाई एउटा पुरस्कारको लागि भारतीय भन्न रुचाउने उदितनारायणको शैलीले धेरै नेपाली दुःखी बन्दैआएको पाइन्छ। यसहिसावले यस पुरस्कार भारतको गणतन्त्र दिवसमा उदितले पाएतापनि नेपालीहरुले गर्बका साथ खुशी मनाउन सकेका छैनन्।

उदितनारायणसंगै उक्त पुरस्कार पाउनेमा ब्याड्मिन्टन खेलाडी सायना नेहवाल, टेनिस खेलाडी सानिया मिर्जा, बलिउड अभिनेता अनुपम खेर लगायत छन्। उद्योगपति धिरुभाई अम्बानी (मरणोपरान्त), अभिनेता रजनिकान्त, आध्यात्मिक गुरु रविशंकर र फिल्मकर्मी रामोजी रावलाई भारतको दोस्रो ठूलो सम्मानित पुरस्कार पद्मविभूषण प्रदान गरिएको भारतीय एजेन्सीले जनाएका छन्।

प्रकाशन मिति–२०७२ साल माघ १२ गते मंगलबार ।