काठमाडौ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग एकसाथ भएको भेटलाई ‘ढुंगा खोज्दा देउता मिलेजस्तो’ भनि टिप्पणी गरेका छन्।

pushpa-kamal-dahalभारतको गोवामा भएको ‘ब्रिक्स’ सम्मेलनमा सहभागी भएर सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सन्चारकर्मीसँग उनले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग एकसाथ भेट हुनलाई दुर्लभ र सुखद् संयोग भनि टिप्पणी गरे। यो भेटले नेपालीको शिर अझै ठाडो भएको र आफ्नो छाति गर्वले फुलेको उनको भनाइ थियो।

आफू ‘लाउन्ज’मा बसिरहेकाबेला चिनियाँ राष्ट्रपति सी आएको र करिब २० मिनेट खुलेर सीधा कुरा भएको प्रधानमन्त्री दाहालले बताए । सीसँग कुरा भइरहेकैबेला भारतीय प्रधानमन्त्री आइपुगेपछि आफूले त्रिदेशीय साझेदारीको विषयमा कुरा गरेको तर कुनै समझदारी नभएको पनि उनले स्पस्ट पारे। दुईदिने गोवा बसाइ उपयोगी र निकै सफल भएको दाबी उनको थियो।
प्रकाशन मिति–२०७३ साल कात्तिक १ गते सोमवार ।