Madheshi Neta In India 2Madheshi Neta In India 1काठमाडौ। तराई–मधेशमा आन्दोलनरत मधेशी मोर्चाका नेताहरु भारतीय नेताहरुसंग गोप्य मन्त्रणा गर्न आइतवार भारतको दिल्ली पुगेका छन्। मोर्चा हाँक्ने नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव लगायतका मधेशी नेताहरुले आइतवारै विहारका मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड पार्टीका अध्यक्ष शरद यादव र कांग्रेस आईका नेता करण सिंहलाई भेटेका छन्।

आइतवार सांझ भारतीय विदेश मन्त्री सुषमा स्वराजसंग पनि भेट गरेका छन्। मधेशी नेताहरुलाई विदेशमन्त्री स्वराजले रात्रीभोज नै दिएको दिल्ली समाचारदाताले बताएको छ। भेटमा मधेशी नेताहरुले भारतले नेपालमा नाकाबन्दी नगरेको र आफूहरुले नेपाल र भारतको सीमा नाकामा धर्ना दिएकोले आपूर्तिमा अवरोध भएको बताए।

भारतको नाकाबन्दीलाई नाकाबन्दी नभनिकन आफूहरुको अवरोध भन्न रुचाउने मधेशी नेता उपेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा भारतलाई गुहार्नुको पछाडि छिमेकमा समस्या भएपछि छिमेकलाई जानकारी दिन मात्र आएको भन्ने अति सामान्य जवाफ त्यहाँका पत्रकारहरुलाई दिएका छन्। नेपाल सरकारसंगको बार्ता सकारात्मक नभएकोले अधिकार नपाएसम्म आफूहरुको आन्दोलन जारी रहने समेत उनले बताए।

प्रकाशन मिति–२०७२ साल मंसिर २० गते आइतबार ।