काठमाडौ। भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासको सूचनाका आधारमा भारतीय प्रहरीले २२ नेपाली महिलाको उद्धार गरेको छ। दिल्ली पुर्‍याइएका २२ नेपाली महिलाको भारतीय प्रहरीले उद्धार गरेको हो।

Nepali women in New Delhi

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटलबाट उनीहरुलाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन्। दिल्ली पुर्‍याइएका मध्ये एक जना होटलबाट भागेर नेपाली दूताबास पुगेपछि उद्धार गर्न सम्भव भएको हो। २२ महिलाको उद्धार गरेको र दुई अभियुक्तको पहिचान भएको दिल्ली प्रहरीका रबीन्द्र यादवले समाचार एजेन्सी एएफपीलाई जानकारी दिएका हुन्।

उद्धार गरिएकाहरुको बयान लिने काम सकिएको तथा धेरैलाई कतार र मध्यपूर्वका देशहरुमा लैजान लागिएको पनि खुलेको छ। महिलालाई दिल्ली पुर्‍याइएपछि पासपोर्ट र अरु कागजपत्र दलालले लिएर गएको प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल भदौ १९ गते आइतवार ।