???????????????????????????????

काठमाडौ। भारतीय नाकाबन्दीको चर्को मारमा यतिखेर नेपाल रहेको छ। भारतले असोजको पहिलो हप्ता यता नाकाबन्दी गरेको पहिलो घटना भने अवश्य पनि होइन्। भारतले कुनैपनि बेलामा आफ्नो स्वार्थपूर्ति हुन नसकेमा अन्तिम अस्त्रका रुपमा भूपरिवेष्ठित मुलुक नेपाललाई नाकाबन्दी गरेर घेराबन्दमा पार्ने गरेका छन्। नाकाबन्दीको घेराबन्दमा परेर घुंडा टेकेपछि नाकाबन्दी खोल्ने भारतीय राजनीतिको चर्को दाउपेचमा नेपाल बारम्बार फस्दैआएको छ। जुन नेपालप्रतिको भारतको दादागिरी तथा हस्तक्षेप नीतिको पराकाष्ठताको रुपमा पनि लिइने गरेको छ।

K P Oli with Modi.1

यसको जवादेही नेपाली राजनीति र नेपाली राजनीतिलाई भारत परस्त गरेर हाँक्ने नेताहरु नै रहेका छन्। उनीहरुको अकर्मणियता तथा नेपाली जनताप्रतिको बेजिम्मेवारीले गर्दा यसप्रकारको भारतको दादागिरी नेपालले सहन बाँध्य बन्ने गरेको छ। वि.सं.२०४५ सालमा आदिवासी जनजातिबाट पहिलोपल्ट नेपालमा प्रधानमन्त्री बनेका मरिचमानसिंह श्रेष्ठको स्वाभिमान गिराउन हाल नेपाली जनताको नाममा राजनीति गर्ने नेताकै सिफारिसवाट भारतले नेपालमा नाकाबन्दी गरेको प्रमाण कसैवाट छिपेको थिएन्। त्यो बेला १३ महिनासम्म भारतले नाकाबन्दी गर्दापनि नेपालको प्रथम जनजाति प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ मरिचजतिको पनि चाउरिएन। बरु, स्वाभिमानपूर्वक नेपालीहरुको लागि हवाईजहाजबाटै भएपनि इन्धन लगायतका सामग्री ल्याएर स्वाभिमान जोगाएका थिए।

KP Oli Prime Minister of Nepal.1

त्यसअघि, राजा महेन्द्रको पालामा पनि भारतले त्यसरी नै नाकाबन्दी गरेका थिए। भारतको गरेको तेश्रो नाकाबन्दीको असर संविधान जारी भएपछिको पहिलो प्रधानमन्त्री केपी शर्मा ओलीको लागि चुनौति नै बनेको छ। प्रधानमन्त्री ओली पंचायतकालका स्वाभिमानी प्रथम जनजाति प्रधानमन्त्री मरिचमान जतिको स्वाभिमानी बन्न सक्ने प्रधानमन्त्री हुनसक्ने या नहुने भन्ने कुराको यतिखेर रस्साकस्सी नै भैरहेको छ। भारत सकभर केपी शर्मा ओलीलाई आफूउपर झुकाउने प्रयासमा रहेका छन्।

ओली कुनैपनि हालतमा भारतको नाममा त्वम् शरणम् गर्ने पक्षमा देखिएका छैनन्। सुशील कोइराला सरकारको विरासत सम्हाल्न पुगेका ओलीलाई गिराउन डा.बाबुराम भट्टराईको नयाँ शक्तिदेखि मधेशी मोर्चा लगायतको जोडतोड देखिएको छ। भारतको आडमा उनीहरु ओलीलाई घुंडा टेकाउने कसरतमा रहेका छन्। नेपाली जनताको नाममा राजनीति गर्ने ती नेताहरु नेपाली जनतालाई नै हुनसम्मको दुःख दिन भारतको नाकाबन्दीलाई सहयोग गरिरहेको पाइएको छ। स्वाभिमानी नेपालीको अगाडि ती नेताले भोलिका दिनमा कसरी मुख देखाउने हुन ? त्यो हेर्न बाँकी नै रहेको छ।

राजनीतिको रंग कैलो हुन्छ भनेजस्तै यो कैलो रंगको कुनै विश्वास नहुने भन्ने कुरा ध्रुवसत्य सावित बन्दैआएको छ। यसलेगर्दा पनि भारतले गर्दैआएको नाकाबन्दी कतिखेर खुल्ने भन्ने कुराको यकिन गर्न सकिने अवस्था देखिएको छैन्। भारतले नाकाबन्दी लगाइरहनु र हस्तक्षेप गरिरहनुमा मूलतः विगतमा नेपाल र भारतबीच भएका विभिन्न असमान सन्धि–सम्झौताहरू तथा नेपालले भूपरिवेष्ठित राष्ट्रले पाउने अधिकार भारतसँग लिन नसक्नु यी दुई कारण नै प्रमुख रहेको छ।

यी प्रमुख कारण तथा कमजोरीलाई टेकेर नेपाल उपर भारतले बारम्बार नाकाबन्दी गर्दैआएको पाइएको छ। भारतको नाकाबन्दी विरुद्ध पहिला नै सचेत बनेर त्यसको विकल्प रोज्न नेपालले चासो नदेखाइनाले पनि भारतका लागि यो अस्त्र प्रयोग गर्न सजिलो बन्ने गरेको हो। यसतर्फ नेपालले अव पनि विकल्प रोज्न सकेन भने, फेरिपनि यस्तो समस्या भोग्नुपर्ने हुन्छ।

प्रकाशन मिति–२०७२ साल मंसिर २१ गते सोमवार ।