काठमाडौ। रेडियन्ट इभेन्ट म्यानेजमेन्टको आयोजनामा आयोजित लिट्टल प्रिन्स र प्रिन्सेस नेपाल तथा टीन प्रिन्सेस डिभाका विजयीहरु भारत जाने भएको छ।

आगामी हप्ता भारतको नयाँ दिल्लीमा हुन गैरहेको किड्स फेसन रनवेमा नेपालवाट भाग लिन त्यसतर्फ जान लागेको हो।

त्यसरी जानेहरुमा सुरेन्द्र कुमार श्रेष्ठ, शैव्या घिमिरे, प्रजु कायस्थ, महिमा बज्राचार्य र नमन मित्तल रहेका छन्।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका फाउण्डर तथा कोरियोग्राफर राज फैंजुको नेतृत्वमा भारतको नयाँ दिल्ली जान लागेको हो।


प्रकाशन मिति–२०७५ साल साउन १० गते विहीवार।