Bhukampa in India and Dhakka Nepalकाठमाडौ। भारतको मणिपुरमा सोमवार विहानै आएको भूकम्पको असर नेपालमा पनि परेको छ। नेपाली समयअनुसार मणिपुरमा विहान ४ बजेर ५० मिनेट जांदा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्प भारतको मणिपुर इम्फालदेखि ३३ किलोमिटर टाढाको दूरीमा केन्द्र बनाएर गएको थियो  भूकम्पको धक्का काठमाडौंसहित पूर्वी नेपालमा धेरै महशूस गरिएको थियो। बंगलादेशको राजधानी ढाकासम्म पनि धक्का पुगेको खबर छ।

Bhukampa in India and Dhakka Nepal.1

भारतको असम, बंगाल, अरुणाञ्चल प्रदेश, विहार, झारखण्डसहितका राज्यमा भूकम्पको धक्का महसुस गरिएको थियो। भारतीय संचारमाध्यमका अनुसार भूकम्पबाट पाँच जनाको मृत्यु भएको छ भने अन्य एक सयभन्दा बढी घाइते भएका छन् । भूकम्पले कयौं घर भत्काएको जनाइएको छ। भारतको असम, बंगाल, अरुणाञ्चल प्रदेश, विहार, झारखण्डसहितका राज्यमा भूकम्पको धक्का महसुस गरिएको थियो । (एजेन्सी)

प्रकाशन मिति–२०७२ साल पुष २० गते सोमवार ।