दीपकुमार उपाध्याय
दीपकुमार उपाध्याय

काठमाडौ। पुष्पकमल दाहाल नेतृत्वको सरकारले पूर्व केपी ओली नेतृत्वको सरकारले भारतका राजदूतवाट फिर्ता बोलाइएका दीपकुमार उपाध्यायलाई नै भारतको राजदूतमा सिफारिस गरेको छ। विहीवार बसेको मन्त्रीपरिषदको बैठकले उक्त निर्णय गरेको हो। नेपालमा ओली नेतृत्वको सरकार गिराउन भारतमा बसेर चलखेल गरेको आरोपमा फिर्ता वोलाइएका उपाध्यायलाई भारतकै लागि राजदूत सिफारिस गरिनुले थप आशंका पैदा गराएको छ।

लिलामणि पौडेल

अर्कोतर्फ चीनका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लिलामणि पौडेललाई सिफारिस गरेको छ। भारत र चीनमा चाँडै नै प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमण हुने भएकोले रिक्त रहेको भारत र चीनको राजदूतमा तत्काल सिफारिस गरिनु आवश्यक भएकोले गरिएको मन्त्रीपरिषदले जनाएको छ।

मन्त्रीपरिषदको विहीवारकै बैठकले प्रधानमन्त्री दाहालको परराष्ट्र सल्लाहकारमा डा.ऋषि अधिकारी, आर्थिक सल्लाहकारमा डा.श्रीराम पौडेल र राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक मीनवहादुर श्रेष्ठलाई नियुक्त गरेको छ।
प्रकाशन मिति–२०७३ साल भदौ १६ गते विहीवार ।