Indian President Residency

काठमाडौ। भारतको राजधानी नयाँदिल्ली स्थित राष्ट्रपति भवनमा शुक्रबार आगलागी भएको छ।

रासस तथा चीनिया समाचार एजेन्सी सिन्ह्वाका अनुसार, भारतीय सरकारी उच्च अधिकारीहरुले आगलागीबाट कुनै मानवीय क्षति भने नभएको स्पस्ट पारेका छन्। भारतको स्थानीय समयअनुसार बिहान ८ः४० मा लेखा शाखाबाट आगोलागी सुरु भएको थियो।

आगलागीवाट राष्ट्रपति भवनका टेबल, कुर्सीसहित केही फर्निचर जलेका छन् । विद्युत् आपूर्तिमा भएको गडबडीका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको छ। बेलायतले भारतमा शासन गरेकोबेला बनाइएको सो भवनमा ३ सय कोठा रहेका छन् ।
प्रकाशन मिति–२०७३ साल माघ २२ गते शनिवार ।