INAS Award in Sikkimकाठमाडौ। नेपालमा गत बर्ष निकै भब्यताका साथ सम्पन्न भएको ईनास अवार्डको चौथो संस्करण चाँहि भारतको सिक्किममा हुने भएको छ। एक समारोह बीच सिक्किममा चलचित्र बिकास बोर्डका अध्यक्ष समेत रहेका अभिनेता उत्तम प्रधानको उपस्थितीमा आयोजक ईनासले आगामी संस्करणको अवार्ड सिक्किममा गर्ने घोषणा भएको हो। घोषणा बमोजिम आउँदो नोभेम्बरको पहिलो साता ईनास अवार्डलाई भब्यताका साथ सिक्किममा सम्पन्न गर्ने दुई पक्ष सम्झौता भएको छ।

Danny Denzongpaसिक्किममा हुने ईनास अवार्डमा मुख्य आकर्षणको रुपमा बलिउड अभिनेता डेनी डेन जोङपा रहनेछन् जसलाई लाईफ टाईम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिने भएको छ। सिक्किम गान्टोकमा जन्मिएका ६८ बर्षीय डेनीले केही नेपाली फिल्म समेत खेलेका छन् जो बलिउडका हस्ती कलाकारका रुपमा चिनिनिन्छन् । गायक समेत रहेका डेनीले १ सय ९० भन्दा बढी हिन्दी फिल्म सहित तामिल र, तेलगु फिल्म पनि खेलेर आफ्नो परिचय फराकिलो बनाएका छन् ।

प्रकाशन मिति–२०७३ साल साउन ५ गते बुधवार ।