Traffic Jam 2काठमाडौ। काठमाडौ उपत्यकामा सवारी जाम बढ्न थालेको छ। भारतबाट तस्करी भएर आउने इन्धनका कारण सडकमा सवारीसाधनको चाप बढेको छ।

उपत्यकामा सवारीसाधनको संख्या सामान्य अवस्थातर्फ उन्मुख भइरहेको ट्राफिक प्रहरीले जनाएको नयाँ पत्रिकामा खबर छ। महानगरीय प्रहरी महाशाखाका एसपी पोषराज पोखरेलका अनुसार सामान्य अवस्थाभन्दा करिब ७० प्रतिशत सवारीसाधन चलेका छन्।

Traffic Jam1

‘कोटेश्वर, कलंकीजस्ता स्थानमा जाम हुन थालेको छ,’ उनले भने ‘सडकमा सवारीको चाप दिनप्रतिदिन बढ्दो छ। ’पर्सा, चितवन, झापा, भैरहवालगायतका नाकाबाट तस्करी हुने इन्धनका कारण यसरी सवारीसाधनको संख्या बढेको हो । विभिन्न प्रहरी निकायबाट लिइएको तथ्यांकअनुसार उपत्यकामा मात्रै दैनिक ५० हजार लिटर तस्करीको इन्धन भित्रने गरेको छ।

प्रकाशन मिति–२०७२ साल पुष ४ गते शनिवार ।