काठमाडौं। कोरोना विरुद्धको भ्याक्सिन भारतमा लगाउने शुरु भएको छ। शनिवार विहान साढे १० बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो सन्देसमार्फत कोरोना विरुद्धको भ्याक्सिन लगाउने अभियानको शुरुवात गरेका हुन् ।

भारत सरकारले बनाएको मापदण्ड अनुसार पहिलो चरणमा करिब तीन करोड फ्रन्ट लाइनमा खटिनेहरूलाई कोरोना विरुद्धको भ्याक्सिन दिइने छ । कोरोना विरुद्धको भ्याक्सिन अभियानको पहिलो दिनमै करिब तीन लाख स्वास्थ्यकर्मीलाई दिने योजना अनुरुप कार्य भएको भारत सरकारले जनाएको छ।

यो अभियानलाई भारत सरकारले संसारकै सबैभन्दा ठूलो कोरोना विरुद्धको भ्याक्सिन अभियान भन्दै प्रचार गरेको छ । केन्द्र सरकार र प्रदेश सरकारहरूले कोरोना विरुद्धको भ्याक्सिन अभियानका लागि तीन हजार ६ खोप केन्द्र स्थापना गरेका छन् ।


प्रकाशन मिति–२०७७ साल माघ ३ गते शनिवार ।