mahakali-riverकाठमाडौ। भारतको धार्चुला खोतिलमा गएको सुख्खा पहिरोले गर्दा नेपालको महाकाली नदी थुन्ने खतरा बढेको छ। महाकालीको दार्चुला सदरमुकाम डुवानमा पर्ने खतरा देखिएपछि दार्चुलावासी त्रसित बनेका छन्।

mahakali-river-1

राससलाई दार्चुलाका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दिएको जानकारी अनुसार पहिरोले महाकाली नदी थुन्न थालेको छ। महाकाली नदी साँघुरिँदै गएको छ। माथिवाट ठूलो पहाड खसिरहेकोले पन्छाउन सकिरहेको छैन्। गत असोज १८ गते खसेको पहिरोले नदीको केही भाग अवरुद्ध भएको थियो। तत्काललाई खतरा नभएपछि खतरामुक्त भैनसकेको प्रमुख जिल्ला अधिकारी जोशीले भनेका छन्।

mahakali-river-2

सीमावर्ती बस्तीमा सतर्कता अपनाउन स्थानियलाई आग्रह गरिएको पनि जोशीले बताएका छन्। नदी थुन्नवाट बचाउन नेपाली सेनाले अहोरात्र कार्य गरिरहेको छ।
प्रकाशन मिति–२०७३ साल असोज ३० गते आइतवार ।