काठमाडौं। नेपाली म्युजिक भिडियोका बादशाह नै मानिएका नेपाली गायक सीताराम पोखरेल भारतमा सम्मानित बनेका छन्। भारतको पदमश्री अवार्ड पछिका ठूला अवार्ड मानिएको भारतीय प्रतिष्ठित अवार्डवाट गायक पोखरेल सम्मानित बनेका हुन्।

विगत तीन दशक देखि नेपाली गीत गायन तथा नेपाली म्युजिक भिडियो लगायत सामाजिक क्षेत्रमा उच्च योगदान दिएवापत गायक पोखरेललाई इण्डियन टेलिभिजनको दादासाहेव फल के अवार्ड २०२३ वाट सम्मानित गरिएको भारतीय समाचार माध्यमहरुले जनाएको छ।

३ फ्रेबुरीको दिन भारतको मुम्बई स्थित ताज होटलमा आयोजित भव्य समारोह वीच गायक पोखरेललाई उक्त सम्मान प्रदान गरिएको हो। भारतीय  ए.सि.पि.संजय पटेलले गायक पोखरेललाई सम्मान प्रदान गरिएको थियो ।

प्रकाशन मिति–२०७९ साल माघ २३ गते सोमवार ।