indian-currency

काठमाडौ । भारतमा भारत सरकारले मंगलवार राति १२ बजेवाट एक हजार र पाँच सय दरको भारतीय नोटलाई प्रतिवन्ध लगाएको छ। जाली अर्थात नक्कली नोटको कारोवारलाई निरुत्साहित पार्नको लागि यसप्रकारको कदम अगाडि बढाएको भारत सरकारले भनेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा संवोधन गर्दै एक हजार र पाँच सय दरको भारतीय नोटको कारोवारमा प्रतिवन्ध लगाएको घोषणा गरेका छन्। एक हजार र पाँच सय दरका नोट सर्वसाधारणले यही नोभेम्बर १० तारिख देखि डिसेम्बर ३० तारिखसम्ममा बैंक तथा हुलाक कार्यालयमा गएर साटिसक्नुपर्ने भनिएको छ।

कालोबजारिया र कालो धनसँग लड्नका लागि आफ्नो सरकारले यसप्रकारको निर्णय लिन वाँध्य भएको प्रधानमन्त्री मोदीले संवोधनका क्रममा भनेका छन्।
प्रकाशन मिति–२०७३ साल कात्तिक २३ गते मंगलवार ।