काठमाडौं। भारतको नयाँ दिल्लीमा वायु प्रदुषण उच्च विन्दुमा पुगेको छ । बिगत केही दिनदेखि प्रदुषणका कारण धुम्मिएको आकाश अझै खुल्न नसकेकोले त्यहाँका जनजीवन अस्तब्यस्त बनेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ।

नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले भारतको उत्तरी क्षेत्र बढी प्रभावित भएका भन्दै हावाको गुणस्तर खतरनाक स्थितिमा पुगेको बताएका छन्। जसका कारण हजारौं मानिस बिरामी पर्न सक्ने औल्याइएको छ। यसैबीच भारतका अधिकांश नागरिकलाई बिना काममा घरबाट बाहिर ननिस्कन अपील गरिएको छ।

प्रदुषणकै कारण बन्द रहेका विद्यालय र कलेजहरु खुल्न सकेका छैनन्। हवाई उडानहरु अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका छन्।
यसैबीच नयाँ दिल्लीलगायत अन्य क्षेत्रमा लाखौं मास्क बितरण गरिएको छ। भारतमा वर्षेनी वायु प्रदुषणले यसप्रकारको जटिल समस्या बढ्दै गएको छ।
प्रकाशन मिति–२०७६ साल कात्तिक १८ गते सोमवार ।