नयाँदिल्ली । भारतमा हावाहुरीमा परेर ३९ जनाको मृत्यु भएको छ। राजधानी नयाँ दिल्लीसहित देशका विभिन्न स्थानमा तीब्र गतिमा आएको हुरीले रुख र बिजुलीका पोल ढाल्दा मानवीय क्षति भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

सबैभन्दा बढी उत्तरप्रदेशमा १८, आन्ध्र प्रदेशमा ९ तथा पश्चिम बंगालमा सात जनाको मृत्यु भएको पुष्टि भएको छ। थुप्रैं मानिस घाइते भएका छन्। दिल्लीमा १०९ किलोमिटर प्रतिघन्टाको गतिमा हावा चलेको बताइएको छ।

हावाहुरीकै कारण रेलसेवादेखि सडक यातायात अवरुद्ध भएको थियो। उत्तरप्रदेशमा आजपनि हमावाहुरी चल्ने मौसमविदहरुले जनाएका छन्। यसअघि मे २ मा पनि यस्तै हावाहुरीमा परेर एक सय जनाको मृत्यु भएको थियो।
प्रकाशन मिति–२०७५ साल बैशाख ३१ गते सोमवार ।