काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुनु केही दिनअगाडि मात्र अघोषित रुपमा नाकाबन्दी गर्दैआएको भारतले अघोषित रुपमा नाकाबन्दी खोलेपनि तेल नेपाल पठाउने कार्यमा अझैपनि सहजता ल्याएको छैन्। नेपालमा तेल निर्यात गर्दैआएको भारतीय आयल कर्पोरेशनले नेपालको कुल मागको ६५ देखि ७० प्रतिशतसम्म मात्र पेट्रोलियम पदार्थ लोड गर्न सकिने जवाफ दिएपछि तेलको सहजता हुन अझै केही समय लाग्ने प्रष्ट भएको छ।Petrol Motor Bike line

माथिल्लो तहवाट स्पष्ट निर्देशन भारतीय आयल कर्पोरेशनलाई नआएकोले नेपाल आयल निगमले माग गरेजति इन्धन दिन नसकिने अनौपचारिक तवरवाट जानकारी प्राप्त भएकोले निगमले डिजेलको परिमाणलाई घटाएरै भएपनि पेट्रोल र खाना पकाउने ग्याँसको परिमाण बढाउनतिर लागेको जनाएको छ।

प्राय सवै पेट्रोल पम्पहरुबाट पेट्रोल दैनिकजसो निगमले वितरण गरेको देखिएतापनि पेट्रोलको लाइनमा कमी आएको छैन्। दैनिकजस्तो निक्कै लामो लाइन पेट्रोल पम्पहरुमा देखिदैआएको छ। पेट्रोलको असहजताले पेट्रोलको संचित गर्नेहरुको संख्यामा बृद्धि भएकोले पेट्रोल लिनेहरुको लामो लाइन दिनहुँ जस्तो देखिरहेको निगमको दावी रहेको छ। पेट्रोल संचित गर्ने र गराउने प्रवृति खतरनाक हुने र डरलाग्दो आगलागी हुने भएकोले त्यस्तो नगर्न समेत निगमले सर्वसाधारणलाई भनेको छ।

प्रकाशन मिति–२०७२ साल फागुन १२ गते बुधवार ।