काठमाडौ। विगत आठ बर्ष देखि नेपाल बस्दैआएका भारत आसामका गायक सन्दीप सेन गुप्ता नेपाली गीत गायनमा निक्कै प्रखर देखिएका छन्। नेपाली गीत गाउन अत्यन्त रुचि राख्ने गायक गुप्ताको ६ वटा बुनियाद गीतहरुको संग्रह रहेको गीति एल्वमको नाम अनिरुद्ध हो।

sandeep-sen-gupta-1अनिरुद्ध गायक गुप्ताको छोराको नाम हो। छोराको नामवाट नेपाली एल्वम निकाल्ने तर्खरमा रहेका गुप्ताको एल्वम असोज ८ गते नेपालवाट सार्वजनिक हुने भएको छ। भारतको अरुणाञ्चल प्रदेशमा १५ अक्टोबर १९८० सालमा जन्मेका गुप्ता सानैदेखि गितारका निक्कै शौखिन हुन्। कक्षा आठमा अध्ययनरत हुंदा नै गितार बजाउन पोख्त बनेका गुप्तामा उस्ताद पिता आँशुतोष सेन गुप्ताको पनि प्रभाव रहेको छ।

भारतीय क्लासिकल गीत गाउने उस्ताद पिताले बारम्बार संगीतमा लाग्न दिएको प्रेरणाले नेपालमा पहिलो एल्वम अनिरुद्ध निकाल्ने अन्तिम तयारीमा रहेको गायक गुप्ताको भनाई छ। बेग्लै सोच र फरक काम गर्न रुचाउने गुप्ता पेशाले टेलिकम व्यवसायी भएकोले यसै कामको सिलसिलामा सन् २००९ सालमा नेपाल आएका हुन्। सोही क्रममा गुप्ताको परिचय नेपालका प्रथम भाँग्रा गायक गोपाल श्रेष्ठसंग भएपछि नेपाली गीत–संगीतमा रुचि बढेको हो।

sandeep-sen-gupta-2

टेलिकमकै व्यवसायमा रहेका भाँग्रा गायक श्रेष्ठको प्रेरणाले एकाएक नेपाली गीत सिकेर नेपालीमा नै गुनगुनाउने कार्य गुप्तावाट बर्षौवाट भयो। त्यसमा भाँग्रा गायक श्रेष्ठकै पहलवाट नेपालका चर्चित संगीतकार अनिल शाहीसँग भेट भएपछि दुवैको ट्युनिङ्ग मिल्यो। दुवै गितारमा रम्ने भएकोले संगीतकार शाहीको ट्युन गुप्ताले तुरुन्तै टिप्न थालेपछि एल्वम अनिरुद्ध वनेको हो।

गायक सन्दीप सेन गुप्ताको साथमा संगीतकार अनिल शाही, भाँग्रा गायक गोपाल श्रेष्ठ तथा मोडल राज बर्मा।
गायक सन्दीप सेन गुप्ताको साथमा संगीतकार अनिल शाही, भाँग्रा गायक गोपाल श्रेष्ठ तथा मोडल राज बर्मा।

एल्वम अनिरुद्धका ६ वटा गीतमा पाँच गीतमा संगीतकार अनिल शाहीको संगीत तथा शव्द रहेका छन्। एक गीतमा भाँग्रा गायक गोपाल श्रेष्ठको शव्द तथा संगीत रहेको छ। सिंगापुरमा तयार गरिएको हाइक्वालिटीको सिडी एल्वम अनिरुद्ध यतिखेर गायक गुप्ताको पहिचान बनेको छ।

sandeep-sen-gupta-1

यसै एल्वममा मेरो नेपाल बोलको एक गीतको म्युजिक भिडियो समेत तयार भैसकेको छ। जसमा नेपाल छाडेर परदेश जाँदा परदेशमा नेपाल संझिने र परदेशको पीडा सहन नसकेर नेपाल फर्केको मार्मिक चित्रण गरिएको छ। यस भिडियोमा दुई मोडल राज बर्मा र निर्जला महर्जनको जीवन्त अभिनय रहेको छ। नेपाली गीतको अलावा हिन्दी तथा आसामी गीत गाउन पनि उतिकै प्रखर गायक गुप्ता निकट भविष्यमा हिन्दीमा पनि एल्वम निकाल्ने सोचमा रहेका छन्।
प्रकाशन मिति–२०७३ साल भदौ ३० गते विहीवार ।