Nepalese Child slaves soldकाठमाडौ। बेलायतको चर्चित पत्रिका द सनले नेपालका भूकम्पपीडित नेपाली बालबालिकाको खरिदविक्री हुने गरेको खुलासा गरेको छ। नेपालमा गत बैशाख १२ गतेको महाभूकम्पमा परेर परिवार गुमाएका नेपाली बालबालिकालाई करिब आठ लाख नेपाली रुपैयामा बेलायती परिवारले खरिद गर्ने गरेको पनि द सनले दावी गरेको छ।

समाचार अनुसार बेलायती परिवारले भूकम्पमा परेर परिवार गुमाएका १० बर्षभन्दा कम उमेरका नेपाली बालबालिकालाई खरिद गर्ने गरेको छ। बेलायतमा नेपाली बालबालिका बेच्ने गिरोहले नेपाली बालबालिकासंगै नेपालसंग सीमा जोडिएको भारतको विहारका बालबालिकालाई पनि बेलायत लगेर बेच्ने गरेको खुलासा पनि सोही पत्रिकाले गरेको छ। द सनले गरेको उक्त खुलासा अनुसार ती बालबालिकाको मूल्य ५ हजार २ सय ५० पाउण्ड तोकिएको छ। जसको नेपाली मूल्य ७ लाख ९० हजार हुन आउछ।

Nepalese Child slaves sold 1

समाचारमा त्यसरी बेलायती परिवारलाई नेपाली बालबालिका बेच्ने गिरोहको नाइके भारतीय नागरिक मख्खन सिंह रहेको छ। त्यसरी विक्री भएका बालबालिकालाई बेलायती परिवारले धर्मपुत्र–पुत्री बनाएर घरेलु कामदारका रुपमा प्रयोग गर्न सक्ने उल्लेख गरिएको छ। द सन पत्रिकाको टोली नै ग्राहकको रुपमा गिरोहका नाइके मख्खन सिंहलाई नेपालको सीमावाट ५० माइल टाढा भारतको जालन्धरमा पुगेर भेटेका थिए।

गिरोह नाइके सिंहसंग नेपाली बालबालिका खरिदविक्रीको बारेमा लामै कुरा गर्नुको अतिरिक्त त्यहाँको बस्तुस्थिति बारेमा लुकाइएको क्यामेरावाट खिचेर ल्याइएको थियो। भारतमा त्यस्ता बालबालिका धेरै भएको र नेपालमा महाभूकम्पमा परेर परिवार गुमाएर विचल्लीमा परेका धेरै बालबालिका समेत भारत पुगेकोले गिरोहका नाइके सिंहले खरिद विक्री गर्ने गरेको बताएको समाचारमा उल्लेख रहेको छ।
प्रकाशन मिति–२०७२ साल चैत्र २३ गते मंगलवार ।