काठमाडौ। भारतीय चर्चित अभिनेता शशी कपुरको निधन भएको छ। अभिनेता कपुरको मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा सोमबार साँझ निधन भएको हो। अभिनेता कपुर ७९ वर्षका थिए।

अस्पतालका कार्यकारी निर्देशक डा.राम नारायणलाई उद्धृत गर्दै भारतीय पत्रिका हिन्दुको अनलाइन संस्करणले साँझ ५ बजेर २० मिनेटमा अभिनेता शशी कपुरको निधन भएको उल्लेख गरेको छ। शशी कपुर अभिनेतामात्र थिएनन्, चलचित्र निर्माण र निर्देशनमा पनि त्यतिकै सिद्धहस्त थिए।

भारतको कलकत्तामा जन्मिएका शशी कपुरले सन् १९४८ मा आग फिल्मबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए। आगमा उनी वाल कलाकार थिए। शशी कपुरका कयौ फिल्महरुले भारतका विभिन्न उत्कृष्ट अवार्ड जितेको थियो। उनी सवैका अत्यन्त प्रिय कलाकार पनि हुन।
प्रकाशन मिति–२०७४ साल मंसीर १८ गते सोमवार ।