काठमाडौ। नेपालमा नेपाली चलचित्रका कलाकार तथा फाइट मास्टर राजेन्द्र खड्गीले कोरियामा मानव तस्कर गरेको पुष्टि भएपछि जेल चलान भएको खवर नसेलाउंदै भारतमा पनि भारतीय चर्चित गायक दलेर मेहन्दीलाई पनि जेल सजाय भएको छ।

दलेर मेहन्दीले पनि मानव तस्कर गरेको पुष्टि भारतमा भएपछि उनलाई २ बर्षको जेल सजाय भएको हो। मानव बेचविखनको अभियोगमा दोषी ठहर गर्दै पञ्जाबको स्थानीय पटियाल अदालतले २ वर्ष कैद सजाय सुनाएको हो।

दलेरविरुद्ध केही मानिसलाई अवैध रुपमा विदेश पठाएको भन्दै सन् २००३ मा मुद्दा दर्ता भएको थियो। अदालतको फैसलापछि प्रहरीले दलेरलाई पक्राउ गरी हिरासतमा लिएर अनुसन्धान थालेको छ। सन् २००३ मा दलेरका दाइ शम्शेर मेहन्दीविरुद्ध मुद्दा दर्ता भएको थियो। सोधपुछका क्रममा दलेरको संलग्नता देखिएपछि उनी फन्दामा परेका हुन्।

दलेरमाथि विभिन्न कार्यक्रमका लागि विदेश जाने क्रममा अन्य मानिसलाई अवैध रुपमा मोटो रकम लिएर विदेश लैजाने गरेको आरोप रहेको छ।

प्रकाशन मिति–२०७४ साल चैत्र २ गते शुक्रबार ।