काठमाडौं। नरेन्द्र मोदी सरकारको पहिलो कार्यकालका भारतीय चर्चित पूर्व विदेश मन्त्री सुषमा स्वराजको निधन भएको छ। भारतीय प्रमुख समाचार माध्यम आजतकको अनलाइन संस्करणका अनुसार पूर्व विदेश मन्त्री स्वराजको हर्ट अटेकका कारण दुःखद निधन भएको हो।

भारतको राजधानी नयाँ दिल्ली स्थित एम्स अस्पतालमा उपचार्थ रहेकी स्वराजको सोही अस्पतालमा निधन भएको हो।

६७ बर्षकी स्वराजको निधन भएको खवर फैलिएको लगतै मंगलवार राति ११.३० बजेवाटै शुभचिन्तक तथा आफन्तजनहरुको भीड लागेको छ। भारतीय नेताहरुको पनि भीड लागेको आजतकले लेखेको छ।


प्रकाशन मिति–२०७६ साल साउन २१ गते मंगलवार ।