काठमाडौं। भारतीय टेलिभिजनकी अविवाहित निर्मात्री एकता कपुर
आमा बनेकी छन्। भारतीय समाचार माध्यमहरुका अनुसार, अविवाहित एकता कपुर सरोगेसीको माध्यमवाट आमा बनेकी हुन्।

सरोगेसीको माध्यम भनेको विवाहित तथा अविवाहितले अरुको कोख भाडामा लिएर सन्तान जन्माउने एक प्रकारको करार अर्थात संझौता हो। जुन संझौता अनुरुप सरोगेसीको लागि निश्चित रकम दिएर तिनवाट जन्मिएको बच्चालाई आफूले लिने हो।

सोही सरोगेसीको माध्यमवाट एकता कपुर आफू अविवाहित भएतापनि बच्चाको आमा बनेकी हुन्। एकता कपुर छोराकै आमा बनेकी छन्। सरोगेसीको माध्यमवाट जन्माइएको एकता कपुरको छोराको नाम रवि कपुर राखिएको भारतीय समाचार माध्यमहरुले उल्लेख गरेको छ।

एकता कपुरको छोरा रवि कपुरको सरोगेसीको माध्यमवाट जनवरी २७ तारिखका दिन भएको हो। एकता कपुरको पिता जितेन्द्रको बास्तविक नाम पनि रवि कपुर हो। आफ्नो पिता जितेन्द्रको बास्तविक नामवाट एकता कपुरले आफ्नो सरोगेसी छोराको नाम रवि कपुर राखेको भारतीय समाचार माध्यमहरुले भनेको छ।

एकतालाई सरोगेसीको माध्यमबाट आमा बन्नका लागि उनको चिकित्सक नन्दिता पलशेतकरले सहयोग गरेकी थिइन्। एकता कपुर केही वर्ष अघि आमा बन्ने इच्छा बोकेर नन्दितासँग कुराकानी गर्न गएकी थिइन्। नन्दिताले एकता कपुरलाई आईवीएफ र आईयूआईको माध्यमवाट धेरैपटक गर्भवती बनाउने कोशिश गरिएकी थिइन्।

तर, एकता कपुर गर्भवती बन्न नसकेपछि सरोगेसीको माध्यम अपनाउन आफूले नै सल्लाह दिएको र सोही बमोजिम आफूले सहयोग गरेको पनि नन्दिताले भनेकी छन्। तीन बर्षअघि एकता कपुरको भाई तुषार कपुर पनि यसरी नै सरोगेसीको माध्यमवाट एक छोराको पिता बनिसकेका छन्। बलिउडमा एकता र तुषारबाहेक करण जोहार, शाहरुख खान, अभिनेत्री सनी लियोनी, आमिर खान पनि सेरोगेसीको माध्यमबाट आमा र बाबु बनिसकेका छन्।
प्रकाशन मिति–२०७५ साल माघ २१ गते आइतवार ।