काठमाडौं। भारतीय टेलिभिजनहरुले नेपालको सीमामार्फत भारतमा कोरोनाभाइरस फैलाउने षडयन्त्र भएको झूठो खवरको अफवाह फैलाएका छन्।

भारतीय टेलिजिन टिभी ९ र न्यूज १८ ले पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँले कोरोनाभाइरस संक्रमित ४०–५० जना व्यक्तिलाई भारतमा घुसाएको आरोपसहितको झूठो समाचार प्रसारण गरेका हुन्।

चैत्र २१ गते ४७ औं बाहिनी बटालियन सीमा सुरक्षा बल रामगढवाका कमाण्डरले लेखेको पत्रका आधारमा नेपालको बोर्डरमार्फत भारतमा कोरोना फैलाउने षड्यन्त्र भएको समाचार प्रसारण गरिएको हो। भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाउँदै मियाँले कोरोना संक्रमित ४०–५० जनालाई भारत पठाएर खबर प्रशारण गरेका थिए।

इमेज खवकार अनुसार, बिहारका डिजिपी गुप्तेश्वर पाण्डेसँग गरेको कुराकानीमा बिहार प्रहरीलाई सो सूचना नआएको र नेपाल–भारतको बोर्डरमा आफ्नो कडा निगरानी रहेको बताएका छन् । यता पर्सा जगरनाथपुर गाउंपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीले अध्यक्ष मियाँलाई जोडेर भ्रामक समाचार प्रसारण गरेको शुक्रबार विज्ञप्ती जारी गर्दै सो समाचार झूठो तथा अफवाह मात्र भन्दै अध्यक्ष मियाँको कुनै संलग्नता नभएको दाबी गरेका छन्।
प्रकाशन मिति–२०७६ साल चैत २९ गते शनिवार ।