Mitaju 2काठमाडौ। नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौको आयोजनामा शनिवार विरोध शान्ति पदयात्रा संपन्न गरेको छ। भारतको नाकाबन्दीको कारण नेपाली जनताले पाइरहेको कठिन समस्या तथा अभावले गर्दा सवैखाले व्यापारमा देखिएको व्यापक असरको बारेमा शान्ति पदयात्रामा निर्माण सामग्री व्यापारीहरुले खुलेरै विरोध गरेका छन्।

काठमाडौ, भक्तपुर र ललितपुर जिल्लाका सवै निर्माण सामग्री व्यापारीहरुको संलग्नता रहेको विरोध शान्ति पदयात्राका सहभागी व्यापारीहरु काठमाडौको लैनचौरमा भेला भएर भारतीय राजदूतावासमा ज्ञापन पत्र बुझाएका छन्।

त्यहाँबाट सहभागी व्यापारीहरु बालुवाटार पुगरे प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउने कार्य भएको नेपाल निर्माण सामग्री व्यापार संघ काठमाडौ क्षेत्र नंबर ६ का अध्यक्ष श्याम सुन्दर श्रेष्ठले बताएका छन्।

Mitaju 1प्रकाशन मिति–२०७२ साल मंसिर २० गते आइतवार ।