काठमाडौ। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएयता प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुने अन्तिम तयारीमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विकसित राजनीतिक घटनाक्रमपछि पहिलो पल्ट भारतीय अखवार हिन्दूस्तान टाइम्सलाई अन्तरवार्ता दिएका छन्।

Prachanda 1

अन्तरवार्ताका क्रममा दाहालले नेपालमा चीनको चिन्ता भारतको भन्दा पश्चिमा शक्ति केन्द्रको भूमिका प्रति रहेको बताएका छन्। दाहालले अन्तरवार्तामा भनेका छन्–‘चीनको चिन्ता नेपालमा भारत होइन । उनीहरुको मुख्य चिन्ता पश्चिमा शक्ति केन्द्रको भूमिकामा छ।’ भूकम्प पछिको पुर्ननिर्माण र राहतका नाउँमा गैह्रसरकारी संस्थाको माध्यमबाट अमेरिका लगायत युरोपेली मुलुकले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा नेपालमा चीन बिरोधी गतिबिधी बढाइरहेका बताइरहेका बेला दाहालले त्यस्तो बताएका हुन्।

दाहालले आफूले छिमेकी मुलुकहरु चीन र भारत दुवैतिर सन्तुलित संबन्ध राख्न चाहेको बताए। दाहालले चीनले नेपालको सत्ता परिवर्तका बेला यसो गर या उसो गर भन्ने कुनै दबाब नदिएको प्रस्ट पारे । ‘तर चिनियाँ साथीहरुले नेपालका वामपन्थीहरुबीच एकता होस् भन्ने सधैँ बताउने गर्नुहुन्छ’ उनले भने। उत्तरी छिमेकी चीनले नेपाल र भारतबीच राम्रो संबन्ध होस् भन्ने चाहेको उनले बताए । चिनियाँ नेताहरुले आफूसंगको भेटमा नेपालले भारतसँग राम्रो संबन्ध राखोस् भन्ने धारणा राख्ने गरेको अन्र्तवार्तामा बताए । ‘मैले चिनियाँहरुसँग दश बर्षदेखि कुरा गर्दै आएको छु। उनीहरु भारत र नेपालबीचको संबन्ध नबिग्रोस् भन्ने चाहेको पाएको छु’ उनले भने।

भारतले नेपालको आन्तरिक राजनीतिक मामिलामा निरन्तर हस्ताक्षेप गर्दै आएको तथा संविधान जारी भएलगत्तै पाँच महिना नाकाबन्दी गरेको तफ लक्षीत गर्दै दाहालले भने ‘कुनै पनि विदेशी मुलुकको हस्तक्षेप नेपालको आन्तरिक मामिलामा हुनुहुंदैन ।’ दाहालले भारतले लगानी गरेका हुलाकी राजमार्ग लगायत परियोजनाले गति लिन नसकेको बताए।

भारतीय अखवार हिन्दूस्तान टाइम्सलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अन्तरवार्ता यस्तो छ। पढ्नुस्–हिन्दूस्तान टाइम्सको यो अन्तरवार्ता ।