काठमाडौ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा नै भारतीय मुद्रा १ हजार र ५ सयलाई प्रतिवन्ध गरेपछि सारा भारतीयलाई मर्का परिरहेको छ। त्यो मर्का स्वयम् भारतीय प्रधानमन्त्री मोदीकी आमालाई पनि परेको छ। मोदीकी आमा हिरावन मोदी समेत यो समस्याले हैरान बनेकी छन्।

hirawan-modi-mother2-1मोदीकी ९१ बर्षिया आमा हिरावन मोदी मंगलवार भारतको गान्धीनगरमा रहेको ओरिन्टल बैंकमा प्रतिवन्धित नोट सटही गर्न लामो लाइनमा बसेको भारतीय समाचार माध्यमहरुले जनाएको छ। आफन्तका साथमा उक्त बैंकमा पुगेकी मोदीकी आमा हिरावनले ४ हजार ५ सयको नोट सटही गरेकी थिइन्।

आफूसंग भएको १ हजार र ५ सयका नोट बैंकलाई दिएर २ हजार दरका नोट मोदीकी आमा हिरावनले लिएकी थिइन्। मोदीकी आमा हिरावन गान्धीनगरमा मोदीका भाइ पंकज मोदीसँग बस्दैआएकी छन्। प्रधानमन्त्री मोदीले आफ्नो ६६ औं जन्मदिनको दिन गत बर्षको सेप्टेम्बर १७ मा आमा हिरावन मोदीलाई भेटेका थिए। त्यसपछि नभेटेको बताइएको छ।
प्रकाशन मिति–२०७३ साल मंसीर १ गत बुधवार ।